
जनकपुर डायरी
– राजिव घिमिरे
कार्यालय सचिव (शा.अ.)
स्थानीय शान्ति समिति, धनुषा
स्थानीय शान्ति समितिमा कार्यालय सचिवको नियुक्ति पाएपछि ऐतिहासिक मिथिला राज्यमा बसेर काम गर्न पाउँदा एकातिर खुशी लागिरहेको थियो भने यदाकदा मधेशका छिटफुट घटनाले केही असजिलो पनि बनाइरहेको थियो । जनकपुर प्रवेश गर्नुभन्दा पहिले मलाई विद्यालयको शैक्षिक भ्रमणको क्रममा करिव १२ वर्ष पहिले आएको जनकपुरको झझल्को आइरहेको थियो । नढाँटी भन्नुपर्दा म त्यतिखेर कहालिएको थिएँ । लुम्बिनी र चितवन घुमेर आउँदाको थकान एकातिर थियो भने दिनभरी कोठे कार्यक्रममा थुनिनुपर्दाको छट्पटी अर्कोतिर । जनकपुरको बारेमा अर्को नबिर्सिने कुरा थियो भिडभाड सडक, फोहोरमैला र कोठाभरी माउरीको गोलाझैं लामखुट्टे यद्यपी भव्य जानकी मन्दिर र तालहरुले मन लोभ्याएकै थियो ।
जनकपुरमा पहिलो दिन-
२०६८-०२-२२ गते – मन्त्रालयको दुईदिन तालिम सकेर आइयो जनकपुर । यहाँ आउँदा मैले सर्वप्रथम चिनेको व्यक्ति हुनुहुन्थ्यो श्री पुष्पा कुमारी यादव, उहाँ स्थानीय शान्ति समिति, सर्लाहीको कार्यालय सचिवको लागि नियुक्त हुनुभएको थियो । आÇनो माइती ठाउँमा आएकोमा स्वागत गर्नुका साथै आवश्यक सहयोग गर्ने वचनबद्धता समेत उहाँले गर्नुभयो । विमानस्थलबाट झरेपछि जनकपुरको न्यानो हावाले स्वागत ग¥यो भने मैले कार्यालय सहायक विनोदजीको प्रतिक्षा गरे । हतारमा आएका विनोदजीसँग कुदेर कार्यालय गइयो । भानुचोकस्थित एक ३ तल्ले घरको माथिल्लो तल्लामा कार्यालय रहेछ । मेरो कोठामा एउटा टेवल र कुर्सीबाहेक मैले केही देखिन । विस्तारै सबै कागजपत्र देखिदै आयो, मानिसहरु चिनिदैँ गइयो । कामको बोझले यसरी च्यप्दै ल्यायो कि क्रमवद्ध रुपमा शब्दमा बयान गर्न सकिन्न । पहिलो दिनमै म जिल्ला प्रशासन कार्यालय गएँ र प्रमुख जिल्ला अधिकारी श्री कमलेश्वर सिन्हा र लेखा अधिकृत श्री शम्भुनाथ मिश्रसँग परिचयपात भयो । बडो प्रशन्न भएर प्रजिअले मलाई आदरभावसाथ हात मिलाएर स्वागत गरेको अझै स्मृतिमा ताजा छ । त्यहीँ दिन पत्रकारहरुमाथि प्रहरीले हातपात गरेको विरोधमा प्रदर्शन रहेछ र दुईजना पत्रकारहरु आमरण अनसन पनि बसेको जानकारी भयो । यसरी जनकपुरमा पहिलो दिन अविस्मरणीय रह्यो र प्र.जि.अ.सँगको भेटले मलाई आÇनो जिम्मेवारीप्रति अझै उत्साहित बनायो ।
जनकपुरको विशेषता-
राष्ट्रिय विभुति राजा जनक र सीता (जानकी) को जन्मस्थल जनकपुर पवित्र ऐतिहासिक स्थल मानिन्छ । सीताको स्वयंवरमा अयोध्याका राजा श्री रामचन्द्र जनकपुरमा आएका थिए । सो स्वयंवरमा जनकको साथमा रहेको शिवधनुमा ताँदो हाल्न सक्ने वीर पुरुषसँग सीताको विवाह हुने सर्त राखिएको थियो । श्रीरामचन्द्रले सो धनुषमा ताँदो हाल्न खोज्दा अत्याधिक वजनका कारण धनुष भाँचिएको किम्वदन्ती छ । सोही धनुषको एक टुक्रा भएको ठाउँलाई हाल धनुषाधाम भनिन्छ जो धार्मिक पर्यटनको लागि प्रसिद्ध छ । जनकपुरको मध्य भागमा अवस्थित जानकी मन्दिर आकर्षणको केन्द्रविन्दूझैं छ । विगतमा नौलखा मन्दिर पनि भनिने सो मन्दिर विशाल छ र यसमा प्रयोग भएको कलाकारिता पनि अनुपम छ । जानकी मन्दिर, जानकी विवाह मण्डप लगायत अन्य थुप्रै प्रसिद्ध धार्मिक स्थलहरु जनकपुर परिसरमा छन् । प्राकृतिक रुपमा पनि जनकपुर साह्रै सुन्दर छ । विभिन्न ताल तलैयाहरुले नगरको शोभा बढाएका छन्, सहरलाई व्यवस्थित तुल्याउने थुप्रै प्रयासहरु भएका देखिन्छन् । जनकपुर पुग्ने सडक चौडा पारिएको छ भने सवारी साधनको उचित व्यवस्थापन गरिएको छ । जनकपुरको व्यस्त भित्री सहरमा सायदै कुनै गाडीहरु देखिन्छ भने, रिक्साहरुले यातायात सुगम बनाएका छन् । प्रत्येक चोकमा प्रहरी निगरानी राखिएको छ र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको छ ।
जनकपुर–जयनगर रेल सेवा नेपालकै पहिलो र एक मात्र रेल सेवा हो जो अहिले पनि चालु अवस्थामा छ । यद्यपी यसलाई समयानुकूल व्यवस्थित गर्न र अन्य ठाउँमा समेत रेल विकास गर्न नसक्नु विडम्वना हो तर जनकपुर रेल जनकपुरको एउटा ऐतिहासिक परिचयझैं भएको छ । रेलजस्तै हाल बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले पनि जनकपुरवासीलाई रोजगारी दिएको र समग्र जनकपुरलाई परिचित बनाएको छ ।
मिथिला भाषा र संस्कृति-
जनकपुर रहँदासम्म यहाँको रहनसहन र भाषा संस्कृतिमा रमाउने र बढीभन्दा बढी भिज्ने मेरो प्रयास छ । स्थानीय एफ.एम.हरुको मैथली भाषाको कार्यक्रमहरु मैले नित्य रुपमा सुन्ने बानी बसालेको छु । सँगै बस्ने विनोदजी र भाइहरुलाई समेत मैथली सिकाइदिन आग्रह गरेँ र मैथली भाषाको पत्रिका समेत सकिनसकि पढ्न थाले, केही समयमै मैथली राम्रो बुझ्न थालेको आभाष भएको छ । स्थानीय शान्ति समितिको संयोजक श्री फूलकुमारी महतो र सदस्य श्री तारा महतो मैले मैथली बोल्न सिकेकोमा खुशी हुनुहुन्छ र थप सिकाउने प्रयास गर्नुहुन्छ । उहाँहरु दुईजना र विशेषतः मनोजभाइ मैले मैथली बोलेको सुुन्न औधि रुचाउँछन् । मेरो मैथली भाषासँग प्रेम पनि विस्तारै बढ्दै गइरहेको छ । पहिले समितिमा नेपालीमा बोलौं भन्ने सबैको कुरा हुन्थ्यो भने अहिले मैथलीमै बोल्दा मलाई आपत्ति भएन । स्थानीय शान्ति समितिमा पनि उमाशंकरजी र विजयजी आÇनो भाषाको विशेष माया गर्नुहुन्छ भन्ने मलाई लागिरह्यो किनकी उहाँहरु विशेषतः मैथलीमै बोल्न रुचाउनुहुन्छ । स्थानीय मातृभाषाको संरक्षण र सम्वर्धन गर्नुपर्छ र भाषासंग राष्ट्रियताको प्रसंग जोडिनुहुन्न भन्ने पक्षमा म सधैं उभिन्थेँ ।
जनकपुरकै बसाइमा मित्र श्री धिरेन्द्र यादवको विवाहमा सामेल हुने अवसर समेत मिल्यो । बेलुका ढिला गरेर गइने वरियात साह्रै रमाइलो हुँदो रहेछ । नाचगान गर्दै, लामो बत्तीसहितको लस्करमा दुलाहालाई रथमा राखेर दुलहीकोमा लगिँदो रहेछ । रातभरी बसेर विभिन्न रीतिरिवाज पूरा गरी बिहान विवाह समापन भएपछि बेहुलीलाई घर लगिने रहेछ । एउटा सानो किशोरले मेलामा रमिता हेरेझैं म यताउता कुदेछु, पछि सुरेशजीले भनेपछि पो अचम्म लाग्यो । विवाहको बेलामा बेहुलाले बेहुलीको परिवारसँग प्रशस्त दाइजो माग्ने प्रथा विद्यमान रहेता पनि कुनै दाइजो नलिइ गरिएको यो आदर्श विवाह थियो ।
जनकपुरकै अर्को अविस्मरणीय प्रसंग कोट्याउँदा मित्र सुरेश यादवको छोरीको जन्म भएपछि म तुरुन्त हस्पिटल गई भेटेको थिएँ । मधेशमा छोराको बढि चाहना गरिने संस्कार भएता पनि सुरेश दुई छोरी भएपछि खुशि र सन्तुष्ट भएको देख्ता युवा पुस्ताले परिवर्तनलाई आत्मसाथ गरेकै छ भनेर खुशी लाग्यो । पछि तिनै सुरेशजीले छोरीको छठीयारको दिन भोजनको निम्तो दिए । सन्तान जन्मिएको छैठौ दिन भाविले भविष्य लेख्छ भन्ने सुनेको त थिएँ तर मधेशमा यसरी छठियार मनाइदो रहेछ भनेर खुशि लाग्यो । फेरी हाम्रो संस्कारमा सुत्केरीलाई छुन हुन्न भनेर छुट्टै राखिनेमा यहाँसँगै राखी उत्सव मनाइनेमा साह्रै हर्षित थिएँ ।
मिथिलावासी एक परिचय-
जनकपुरवासीहरु साधा जीवन उच्च विचारलाई सहि अर्थमा आत्मसात गर्ने मैले पाएँ । धनी–गरिव सबैको रहनसहन र आहार विहार एकै किसिमको मैले देखेँ । झट्ट हेदाँ यहाँ वर्गीय खाडल त्यति ठूलो देखिएन, कारण मैले समितिमा सबैले साधारण लाएको खाएको देखेको छु । त्यस्तै यहाँ ‘अतिथि देवो भवः’ भनेझैं अतिथिलाई उच्च सम्मान र आदर्श व्यवहार गरिन्छ । धेरैजनाले मलाई आÇनो घरमा जाने निम्तो दिनुभएको छ । यद्यपी हाल कार्यव्यस्तताले गर्दा मैले उहाँहरुको निमन्त्रणा स्वीकार गर्न सकेको छैन । सुरेशजी, प्रेमकिशोरजी, विनोदजी, विजयजी, उमाशंकरजी आदिको घरमै पुगेर मैले मिथिला सत्कार अनुभव गरेको छु ।
मिथिलावासीको स्वर ठूलो छ भने छाती निकै फराक छ । परमेश्वरजीले ठट्टा गर्दै भनेको म सम्झन्छु ‘मधेशीको सल्लाह र पहाडीको हल्लामा उस्तै आवाज आउँछ ।’ एकैछिनमा चर्काचर्की भएझैं देखिए पनि यहाँका मानिसहरु सजिलै मिल्न सक्ने र सामूहिक हितको लागि सहकार्य गर्न तत्पर रहने विशेषता मैले पाएँ ।
काठमाण्डौंझैं एकाड्ढी जीवनशैली यहाँ छैन । जनकपुरको विशेषता भनेझैं सामूहिक जीवनशैली हो । यहाँ सबैले सबैलाई चिने जानेझैं मलाई लाग्यो । बेलुकी बाह्रविघामा गएर साथीभाइहरुसँग कुराकानी गरेर बस्न साह्रै रमाइलो हुनेरहेछ । फेरी बिहान सबेरै उठेर ज.चु.का.ली को चउरमा फुटबल खेल्न कति मजा ।
जनकपुरवासीलाई आÇनो राष्ट्र र राष्ट्रियता निकै प्यारो रहेको समेत मैले प्रत्यक्ष अनुभव गरेँ । यहाँका मानिसहरुले भारतिय हस्तक्षेप र सिमावर्ती प्रान्तको गलत रबैयाको खुला रुपमा भर्त्सना गर्ने र राष्ट्रिय राजनीतिमा विशेष चासो राख्ने गरेको मैले पाएँ ।
राजनैतिक सामाजिक परिवेश-
राष्ट्रद्वारा उपेक्षा गरिएको र मधेशीहरुको हक अधिकार कुण्ठित रहेको भनेर चरणबद्ध आन्दोलनहरु भएकोे मधेशमा विद्यमान व्यवस्थाप्रति असन्तोष स्पष्ट देखिन्छ । पछिल्ला आन्दोलन र सम्झौताहरुले केही आशा पलाए पनि प्राप्त उपलब्धीहरु संस्थागत गर्न नसकिने पो हो की भन्ने आशंका व्याप्त छ ।
मधेशी महिलाहरुको स्थिति अन्य ठाउँका महिलाहरुकोभन्दा भिन्न छ । अधिकांश महिलाहरुको शिक्षामा राम्रो उपस्थिति देखिएन भने घरभित्रको काममा भ्याइनभ्याइ छ ।
मधेशमा देखिएको अर्को समस्या भनेको छुवाछुत र भेदभाव पनि रहेछ । मधेशी दलितहरुको हालत पहाडिया दलितको भन्दा पनि दर्दनाक भएको मैले पाएँ । दलितहरुको कार्यक्रममा पनि म बारम्बार गइरहन्थे । साथै मेरा दुई सहकर्मी कर्मचारीहरु पनि त्यहीँ समुदायलाई प्रतिनिधित्व गर्दछन् । कार्यालय सहयोगी हरिनाथले मलाई पहिलो दिन नै यसरी भनेका थिए – ‘सर पासवान भनेको मधेशी दलित हो । हाम्रो थरका मानिसलाई त्यति अरुले मनपराउनन् तर धन्दा मान्नू पर्दैन, म मिहिनेत गरेर खान्छु र तपाईंले भनेको सबै मान्छु ।’ यस्तो लाग्थ्यो कि ऊ मसँगै सपथ खाँदै थियो । यद्यपी दलितहरुलाई कार्यालय कर्मचारीको रुपमा राखेर समितिको नयाँ नेपालको परिचय दिएझैं मलाई लाग्यो ।
अब केही कुरा गरौं मधेश आन्दोलन र १० वर्षे जनयुद्धको । मैले शान्ति समितिमा बसेर विगतको युद्धलाई नजिकैबाट बुझ्न र पीडितहरुलाई जान्ने मौका पाएको छु । १० वर्षे जनयुद्धमा पनि विद्रोहको विगुल फुक्ने र संघर्षलाई तीव्र बनाउने ठाउँ यहीँ धनुषा जिल्ला रहेछ ।
युद्धको आँधिवेहरीले अहिल्यै नमेटिने घाउ असङ्ख्य परिवारमा परेको छ । यी परिवारहरु र अन्य छुटेफुटेका सबैलाई न्याय दिलाउन सके मात्र सहिदप्रतिको सच्चा सम्मान हुन जान्छ भन्ने मैले ठानेको छु ।
स्थानीय शान्ति समितिको कार्यालय सचिवको पदमा रहिरहँदा मलाई द्वन्द्व पीडितले कतिको न्याय पाए भन्ने प्रश्नले सताइरहन्छ । धनुषा जिल्लामा द्वन्द्व पीडितहरुको सही र तथ्यपरक तथ्याड्ढ छैन कि वा कोही छुटेका पो छन् कि भन्ने मलाई सधैं लागिरह्यो । त्यसैगरी युद्धको क्रममा मृत्यु भएका मृतकका विधवाले पाउने रकम र भत्ताबाट पनि धेरैजना छुटेजस्तो मलाई लागेको छ । त्यसैगरी मृतकका सन्तानले पाउनुपर्ने छात्रवृत्ति रकम समेत कमैले पाएका छन् । स्वयं स्थानीय शान्ति समितिका संयोजकका सन्तानले समेत आÇनो हकको छात्रवृत्ति नपाएको देख्दा अन्य सर्वसाधारणको गति के होला कल्पना समेत मैले गर्न सकिन । छात्रवृत्ति दिलाउने काममा जिल्ला शिक्षा कार्यालयले पनि ध्यान नदिएको र स्थानीय शान्ति समितिले समेत खबरदारी गर्न नसकेको मैले पाएँ । अझै दुःखलाग्दो कुरा त के छ भने विस्थापित र सम्पत्ति÷घरजग्गा कब्जा र क्षतिको राहत त मानौ कसैले पाएकै छैन । जिल्ला प्रशासन कार्यालयमा विचाराधिन भनिएको स्थापितहरुको निवेदन फाइल एकमुष्ठ रुपमा स्थानीय शान्ति समितिमा फिर्ता आउँदा म स्तब्ध नै भएको छु । यसैगरी घाइतेहरुले समेत उचित औषधी उपचार खर्च पाए भन्ने कुरामा समेत मलाई शंका लाग्छ । अन्य जिल्लाको स्थानीय शान्ति समितिसँग कुरा गर्दा र भ्रमण गर्दा मलाई जनकपुरमा आएर धनुषा जिल्लाको द्वन्द्व पीडितहरुको निम्ति समर्पित रहने प्रेरणा जागेको छ ।
स्वयं कार्यालय सचिव भएर पनि मैले यी सबै कुरा गर्नु लाचारी र विडम्बना मात्र होइन, आÇनो जिम्मेवारीबोध र पारर्शिता पनि हो भन्ने मलाई लाग्छ । मेरो नियुक्तिदेखि हालसम्म मन्त्रालयबाट स्वीकृत अन्य कार्यक्रमहरुमा व्यस्त रहनुपरेकाले द्वन्द्व पीडितहरुका राहतका कार्य गर्न नसकिएकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा सबै द्वन्द्व पीडितहरुलाई राहत दिलाउनको लागि म स्वयं समर्पित भएर लाग्नेछु भन्ने कुरा म सबैलाई विश्वास दिलाउन चाहान्छु । साथै पीडित र सरोकारवालाहरु सबैले यसमा सहयोग गरिदिनुहुन पनि यसै लेखमार्फत अपिल गर्दछु । अन्त्यमा कवि भूपि शेरचनका ‘सहिदहरुको सम्झनामा’ कविताबाट एउटा पंक्ति साभार गर्दै मनन गर्न यहाँहरुलाई नै छोड्दैछु ।
हामीले हाम्रो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका सहिदका प्यारा लासले धिक्कार्ला ।